२०८३, कार्तिक १ गते

अफगानिस्तानमा आइएसले गरेको आत्मघाती हमलामा २१ जनाको मृत्यु

अफगानिस्तानमा आइएसले गरेको आत्मघाती हमलामा २१ जनाको मृत्यु

शुक्रवार, चैत्र ९ २०८०
शुक्रवार, चैत्र ९ २०८०
  • अफगानिस्तानमा आइएसले गरेको आत्मघाती हमलामा २१ जनाको मृत्यु

    काठमाडौं। अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा भएको आत्मघाती बम विस्फोटमा परि कम्तीमा २१ जनाको मृत्यु भएको छ।

    बिहीबार भएको उक्त बम विस्फोटमा ५० जना बढि घाईते भएको बीबीसी हिन्दीले जनाएको छ। तालिबान सरकारले मृत्यु हुनेको संख्या तीन जना मात्रै दिएको भएपनि कान्दाहारको सबैभन्दा ठूलो अस्पताल मिरवाइसका एक चिकित्सकले नाम न छाप्ने सर्तमा बीबीसीलाई उक्त विस्फोटमा २१ जनाको मृत्यु भएको र कम्तीमा ५० जना घाइते भएको बताए।

    अफगानिस्तानको तालिबान सरकारले शहरको बैंकमा आत्मघाती बम विष्फोट भएको जनाएको छ। विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ र तालिबानलाई लक्षित गरेको बताएको छ।

    यो अफगानिस्तानमा यस वर्षको सबैभन्दा ठूलो विस्फोट हो। सरकारी कर्मचारी तलब लिन लाइनमा उभिरहेका बेला बैंकको शाखामा बम विष्फोट भएको हो। कान्दाहार तालिवानको शक्तिको केन्द्र हो। तालिबानका सर्वोच्च कमाण्डर यहाँ बस्छन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij