२०८३, आश्विन २७ गते

बहराइनमाथि नेपाल ७ विकेटले विजयी

बहराइनमाथि नेपाल ७ विकेटले विजयी

सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • बहराइनमाथि नेपाल ७ विकेटले विजयी

    काठमाडौं । मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कपमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

    वाईएसडी यूकेएम ओभल, बाङ्गीमा टस जितेर पहिले बलिङ गरेको नेपालले बहराइनलाई ३६.२ ओभरमा ८७ रनमा अलआउट गरेको थियो।

    ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि अर्जुन कुमालले अविजित ३६ रन बनाए ।

    उनले ५ चौका प्रहार गरे । रोहितकुमार पौडेल १९ रनमा अविजित रहे । यस्तै मोहम्मद आसिफ शेखले १८ तथा देव खनालले १० रन बनाए । ईशान पाण्डे १ रनमा रन आउट भए ।

    त्यसअघि नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा १४ रन खर्चेर ५ विकेट लिए। उनले ४ मेडनसमेत राखे। यस्तै, ललितनारायण राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए।

    यससँगै नेपालले एसीसी पुरुष प्रिमियर कपको पहिलो खेलमै बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij