काठमाडौं। मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कपअन्तर्गत बहराइनविरुद्धको पहिलो खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्श गरेको छ।
वाईएसडी–यूकेएम क्रिकेट ओभल, बाङ्गीमा टस जितेर पहिले बलिङ गरेको नेपालले बहराइनलाई ८७ रनमै अलआउट गरेको हो। बहराइनको इनिङ्स ध्वस्त पार्ने क्रममा कप्तान सन्दीप लामिछानेले १० ओभरमा १४ रन खर्चेर ५ विकेट लिए। उनले ४ ओभर मेडनसमेत राखे।
यस्तै करण केसीले २ तथा ललितनारायण राजवंशीले ३ विकेट लिए। हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले भने विकेट लिन सकेनन्। बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए। मुहम्मद वसिमले १३, अली दाउदले १० तथा प्रशान्त कुरुपले ९ रन जोडे।