२०८३, आश्विन २७ गते

बेपत्ता हुनुअघि सुमित्राले श्रीमान्‌लाई भनेकी थिइन्– 'आई लभ यु सो मच'

बेपत्ता हुनुअघि सुमित्राले श्रीमान्‌लाई भनेकी थिइन्– 'आई लभ यु सो मच'

सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • बेपत्ता हुनुअघि सुमित्राले श्रीमान्‌लाई भनेकी थिइन्– 'आई लभ यु सो मच'

    एजेन्सी । नेपाल र चीनको सीमा क्षेत्रमा गएको विनाशकारी बाढी-पहिरोमा परी आफ्नी नवविवाहिता पत्नी बेपत्ता भएपछि बेलायतमा बस्दै आएका एक व्यक्तिले उनीसँग भएको अन्तिम कुराकानीको स्मरण गरेका छन्।

    बेलायतको इस्ट ससेक्समा बस्दै आएका ३४ वर्षीय ट्रक चालक प्रमोद पौडेलले आफ्नी २५ वर्षीया पत्नी सुमित्रासँग अन्तिमपटक गत बुधबार फोनमा कुरा गरेका थिए। त्यसको केही घण्टापछि चीनको तिब्बत स्वायत्त क्षेत्र नजिकैको हिमाली भेगमा हिमपहिरो  फुटेर भीषण बाढी आएको थियो।

    सुमित्रा सोलेस्थित पौडेलको घरमा बसिरहेकी थिइन्, जुन गाउँ बाढीबाट गम्भीर रूपमा प्रभावित भएको छ। घटनापछि उनी निरन्तर सम्पर्कविहीन छन्। 'उहाँले मलाई 'तपाईँलाई कस्तो छ ? म तपाईँलाई धेरै माया गर्छुु भन्नुभएको थियो,' प्रमोदले आफ्नो अन्तिम कुराकानी सम्झँदै भने।

    विपदको खबर पाउनासाथ प्रमोद आफ्नी श्रीमती, ५२ वर्षीया आमा तुलिसा, ३१ वर्षीय भाइ प्रदीप र ६४ वर्षीय काका माधवको खोजीका लागि नेपाल आएका छन्। उनीहरू सबैजना घटनापछि बेपत्ता छन्।

    'म उनीहरू भेटिनेमा धेरै आशावादी छु र भगवान्सँग प्रार्थना पनि गरिरहेको छु,' उनले भने। तर, आफ्नो गाउँको ९० प्रतिशत भाग र घरहरू बाढीले बगाएको र त्यहाँ अब केही बाँकी नरहेको उनले दुःखी हुँदै सुनाए।

    नेपालमा आएको यो विनाशकारी बाढीका कारण हालसम्म ७०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने २,४०० भन्दा बढी अझै बेपत्ता छन्। रेडक्रसका अनुसार यस प्राकृतिक विपत्तिबाट करिब ९० हजार मानिस प्रभावित भएका छन्।

    चीनका अधिकारीहरूले पनि तिब्बत क्षेत्रमा ५४६ जना बेपत्ता भएको पुष्टि गरेका छन्, जसमध्ये २६१ जना विदेशी नागरिक छन्। बेपत्ता हुनेहरूमा १५ जना बेलायती, १८ जना अमेरिकी र ४९ जना छिमेकी भारतका नागरिक छन्।

    बेलायत सरकारले खोज, उद्धार तथा राहत कार्यका लागि ५० लाख पाउन्ड ९मानवीय सहायता० पठाएको छ। समग्र क्षेत्रमा दुई किशोरसहित कम्तीमा ३३ जना बेलायती नागरिक हराइरहेका छन्।

    यसैबीच, त्रिशूली नदीको जलसतह लगातार बढेपछि तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ। विदेशी विशेषज्ञहरूसहितको टोली अहिले बाढीका कारण थुनिएका सुरुङहरू खोल्न खटिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij