काठमाडौँ। स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ। बुधबार दिउँसो ब्रातिस्लावाबाट उत्तर(पूर्वमा रहेको सानो सहर ह्यान्डलोवामा प्रधानमन्त्री फिकोमाथि गोली हानिएको हो।
रक्षामन्त्री रोबर्ट कलिनाकका अनुसार प्रधानमन्त्री फिकोको अहिले उपचार भइरहेको छ। बुधबार नै करिब ३ घण्टा लगाएर उनको अपरेसन गरिएको छ। रक्षामन्त्रीका अनुसार प्रधानमन्त्री फिकोको स्वास्थ्य अवस्था नाजुक रहेको छ।
स्लोभाकियाका राष्ट्रपति तथा नेताहरूले यस आक्रमणलाई ुलोकतन्त्रमाथिको आक्रमणु बताएका छन्। आक्रमणकारीलाई प्रहरीले तत्काल पक्राउ गरे पनि उनको पहिचान भने सार्वजनिक गरिएको छैन। केही अपुष्ट खबरहरूमा भने संदिग्ध आक्रमणकारी लेखक तथा राजनीतिक अभियन्ता भएको बताइएको छ।
प्रधानमन्त्री फिकोमाथि आक्रमणकारीले ५ पल्ट गोली हानिएको फुटेज सार्वजनिक भएको छ। तुरुन्तै प्रधानमन्त्रीलाई एयरलिफ्टमार्फत अस्पताल लगिएको थियो।
५९ वर्षीय फिको गत सेप्टेम्बरमा भएको चुनावमा ुपपुलिस्ट(नेसनलिस्टु गठबन्धनमार्फत प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। अमेरिकी राष्ट्रपति जो बाइडेन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेललगायतले आक्रमणको कडा निन्दा गरेका छन्।