२०८३, आश्विन २७ गते

३८ करोड ठगी: भिक्षु र ‘मिस गोल्फ’को यौनकाण्डले मच्यायो खैलाबैला

३८ करोड ठगी: भिक्षु र ‘मिस गोल्फ’को यौनकाण्डले मच्यायो खैलाबैला

बिहिवार, श्रावण २ २०८२
बिहिवार, श्रावण २ २०८२
  • ३८ करोड  ठगी:  भिक्षु र ‘मिस गोल्फ’को यौनकाण्डले मच्यायो खैलाबैला

    एजेन्सी। थाइल्याण्डमा बौद्ध भिक्षुहरूसँग शारीरिक सम्बन्ध बनाउँदै त्यसको तस्वीर र भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।

    प्रहरीले ुमिस गोल्फु नाम गरेकी महिलाले नौ जनाभन्दा बढी बौद्ध भिक्षुहरूसँग यौनसम्बन्ध बनाएर पछिल्ला तीन वर्षमा ३८ करोड ५० लाख भाट, अर्थात् करिब ११।९ मिलियन डलर लिएको प्रहरीको दाबी छ।

    ‘अनुसन्धानका क्रममा ति महिलाको घरको छापा मार्दा ८० हजारभन्दा बढी तस्वीर र भिडियोहरू फेला परेका थिए, जुन भिक्षुहरूलाई ब्ल्याकमेल गर्न प्रयोग गरिएको थियो,’  थाइ प्रहरी प्रवक्ताले भने।

    प्रहरीको नयाँ खुलासाले थाइल्याण्डमा धेरै पवित्र मानिने बौद्ध संस्थामा फेरी हलचल मच्याएको छ। पछिल्ला केही वर्षहरूमा भिक्षुहरूमाथि यौन अपराध र लागूपदार्थको तस्करीमा संलग्न भएको आरोप लाग्दै आएको छ। 

    प्रहरीका अनुसार यो घटना पहिलो पटक जुन महिनाको मध्यतिर आएको थियो। बैंककका एक मठाधीशले एक महिलाद्वारा ब्ल्याकमेल गरेर अचानक भिक्षुको जीवन त्याग गरेको थाहा पाएपछि प्रहरीले निगरानी सुरू गरेको थियो। त्यस लगत्तै प्रहरीले ति महिलामाथि पनि निगरानी गरेको थियो। प्रहरीका अनुसार मिस गोल्फले २०२४ मे मा भिक्षुसँग ुसम्बन्ध स्थापितु गरेकी थिइन्। उनले पछि आफू ती भिक्षुको बच्चाकी आमा भएको दाबी गरिन्। उनीबाट सात लाख भाटभन्दा बढी भरण पोषणको लागि पैसा मागिन्। 

    त्यसपछि प्रहरीले अन्य भिक्षुहरूले पनि यस्तै तरिकाले मिस गोल्फलाई पैसा ट्रान्सफर गरेको पत्ता लगायो। प्रहरीले यसलाई महिलाको ‘मोडस अपरेन्डी’ भनेर वर्णन गरेको छ। प्रहरीले लगभग सबै पैसा बैंक खाताबाट निकालिएको र केही अनलाइन जुवा खेल्न पनि प्रयोग गरिएको अनुसन्धानबाट पत्ता लागेको बताएको छ। 

    ८० हजार बढी भिडियो र तस्वीर 

    यसै महिनाको सुरुमा मिस गोल्फको घरमा खोजी गर्दा प्रहरीले उनको फोन जफत गरेको थियो। जसमा ८०,००० भन्दा बढी तस्वीर र भिडियोहरू रहेको तथ्य बाहिर आएको हो। उक्त तस्वीर र भिडियो उनले भिक्षुहरूलाई ब्ल्याकमेल गर्न प्रयोग गरेकी थिइन्।

    ती महिलामाथि ब्ल्याकमेलिङ, मनी लन्ड्रिङ र चोरीका सामान राखेको लगायतका आरोप छ। प्रहरीले ‘भिक्षुहरूलाई दुर्व्यवहार गरेको’ रिपोर्ट गर्न हेल्प लाइनको व्यवस्था पनि गरेको छ। यो घटनापछि थाई बौद्ध धर्मको शासकीय निकाय, सुप्रिम काउन्सिलले मठको नियममाथि समीक्षा गर्न विशेष समिति गठन गर्ने घोषणा गरेको छ।

    सरकारले पनि मठको आचारसंहिता उल्लङ्घन गर्ने भिक्षुहरू विरुद्ध जरिवाना र जेल सजायसहित कडा सजाय लागू गर्न जोड दिइरहेको छ।

    थाइल्याण्डका राजा वजिरालोङकोर्नले बौद्ध अनुयायीहरूलाई गहिरो चोट पुर्याउने गरी बाहिरिएका दुर्व्यवहारका घटनाहरूलाई उद्धृत गर्दै गत जुनमा जारी गरिएको शाही आदेश खारेज गरेका थिए, जसमा ८१ भिक्षुहरूलाई उच्च उपाधि दिइएको थियो। 

    थाइल्याण्डमा ९०५ भन्दा बढी जनसंख्या आफूलाई बौद्ध मान्छन्। त्यहाँ भिक्षुहरूलाई धेरै सम्मान दिइन्छ। थाइल्याण्डमा धेरै पुरुषहरू पनि राम्रो कर्मका लागि अस्थायी रूपमा भिक्षु बन्छन्। तर पछिल्ला वर्षहरूमा, बौद्ध संस्थानले यस्ता काण्डहरूले सताएको छ। 

    बौद्ध भिक्षुमाथि प्रश्न

    सन् २०१७ मा, भिरापोल सुकफोल नाम गरेका भिक्षु आफ्नो भव्य जीवनशैलीका लागि प्रसिद्ध भएपछि अन्तर्राष्ट्रिय स्तरमा चर्चित बने। यसका साथै, उनीमाथि यौन अपराध, ठगी र पैसा शुद्धीकरणको आरोप पनि लाग्यो।

    यस्तैगरी, २०२२ मा थाइल्याण्डको उत्तरी प्रान्त फेत्चाबुनको एक मन्दिरमा लागूऔषधको छापामारीमा चार भिक्षुहरू पक्राउ परेका थिए। 

    थाई संघमा वर्षोंदेखि अनुशासन र जवाफदेहिताका मुद्दाहरूको आलोचना भइरहेको छ, तर धेरै विज्ञ हरू विभिन्न पदहरूको कडा प्रणालीका कारण पुराना संस्थानमा कुनै ठूलो परिवर्तन भएको नभएको ठान्छन्। 

    ‘यो थाई नोकरशाही जस्तै एक अधिनायकवादी प्रणाली हो। जहाँ वरिष्ठ भिक्षुहरू उच्च अधिकारी जस्तै हुन्छन् र कनिष्ठ भिक्षुहरू तिनीहरूका अधीनस्थ हुन्छन्’, धार्मिक विद्वान सुराफोट थावेशकले भने, ‘जब तिनीहरू अनुचित हुँदै गरेको देखिन्छन्। बोल्ने आँट गर्दैनन् किनकी यस्तो अवस्थामा तिनीहरूलाई मन्दिरबाट निष्कासन गर्न धेरै सजिलो हुन्छ।’

    कतिपयले प्रहरी र संघ परिषद् दुवैले गरिरहेको अनुसन्धान आवश्यक सुधारको दिशामा महत्वपूर्ण कदम हुनसक्ने विश्वास गरेका छन्। ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको सत्यलाई उजागर गर्नु हो ताकि संघको पवित्रताको बारेमा सार्वजनिक शंका हरू हटाउन सकियोस्,’ बैंककको थम्मासट विश्वविद्यालयकी समाजशास्त्री प्रकृति सतासुतले भनिन्। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij