२०८३, आश्विन २७ गते

गोली प्रहारबाट घाइते स्लोभाकियाका प्रधानमन्त्रीको अवस्था चिन्ताजनक

गोली प्रहारबाट घाइते स्लोभाकियाका प्रधानमन्त्रीको अवस्था चिन्ताजनक

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • गोली प्रहारबाट घाइते स्लोभाकियाका प्रधानमन्त्रीको अवस्था चिन्ताजनक

    काठमाडौं। हत्याको प्रयास गरिएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्। फिकोमाथि बुधबार ब्राटिसलाभाबाट उत्तर–पूर्वी गाउँमा गोली प्रहार भएको थियो।

    बुधबार साँझ रक्षामन्त्री रोबर्ट कालिनाकले फिको तीन घण्टादेखि शल्यक्रिया कक्षमा रहेको र अवस्था ‘खराब’ भएको बताएका थिए। स्लोभाक राजनीतिज्ञका साथै राष्ट्रपतिले यो घटनालाई ‘प्रजातन्त्रमाथिको हमला’ भनेका छन्।

    गोली प्रहार गर्ने सन्दिग्धलाई सुरक्षाकर्मीले घटनास्थलबाट नियन्त्रणमा लिएका थिए। यद्यपि, उनको परिचय औपचारिक रूपमा खुलाइएको छैन।

    घटना स्थानीय समयअनुसार बुधबार दिउँसो करिब २ बजेर ३० मिनेट जाँदा हान्डलोभामा भएको थियो। एउटा बैठकपछि फर्किएर स्थानीयहरूलाई अभिवादन गरिरहेका बेला प्रधानमन्त्री फिकोमाथि एक व्यक्तिले ५ पटक गोली प्रहार गरेका थिए। 

    उनलाई तत्कालै नजिकैको अस्पताल लगिएको थियो। त्यसपछि उनलाई बान्सका बाइट्रिकास्थित अर्को अस्पतालमा सारिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij