२०८३, आश्विन २७ गते

युक्रेनको आक्रमणबाट हुनसक्ने क्षति रोक्न रूसले थालेको ‘नयाँ अभियान’ के हो?

युक्रेनको आक्रमणबाट हुनसक्ने क्षति रोक्न रूसले थालेको ‘नयाँ अभियान’ के हो?

आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • युक्रेनको आक्रमणबाट हुनसक्ने क्षति रोक्न रूसले थालेको ‘नयाँ अभियान’ के हो?

    एजेन्सी। मस्कोले युक्रेनसँग जोडिएका तीनवटा सीमा क्षेत्रमा साढे दुई वर्षको द्वन्द्वमा किएभको सबैभन्दा ठूलो सीमापार आक्रमण गर्न लागेको भन्दै यसबाट हुने क्षति रोक्न शनिवारदेखि नयाँ अभियान सुरु गरेको छ।

    स्वतन्त्र विश्लेषकहरुका अनुसार युक्रेनी सेनाले मङ्गलबार बिहान रूसको पश्चिमी कुस्र्क क्षेत्रमा आक्रमण गरेको थियो।

    उक्त रूसले ट्याङ्क, रकेट लञ्चर र एभिएसन युनिटलगायत थप सैनिक र उपकरणहरू तैनाथ गरेको छभने उक्त क्षेत्रमा सम्भावित आक्रमणबाट नागरिकहरूको हताहत हुनसक्ने भन्दै झण्डै ७५ हजार व्यक्तिलाई अन्य सुरक्षितस्थलमा सारिएको छ।

    नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न र शत्रुका विध्वंसकारी समूहहरूद्वारा गरिएका आतङ्कवादी कार्यहरूको खतरालाई रोक्न भन्दै रूसको राष्ट्रिय आतङ्कवाद विरोधी समितिले शुक्रबार अबेर बेल्गोरोड, ब्रायन्स्क र कुस्र्क क्षेत्रमा ‘आतङ्कवाद विरोधी अभियान’ सुरु गर्न लागेको जनाएको छ।

    रूसी कानुनअनुसार सुरक्षा बल र सेनालाई ‘प्रतिआतङ्कवाद’ अभियानका क्रममा आपतकालीन अधिकार दिइएको छ।

    यस आपतकालीन अधिकारको प्रावधान अनुसार आवागमनमा प्रतिबन्ध लगाउन सकिने र  फोन कलहरू निगरानी गर्न सकिने बताइएको छ। अभियानअन्तर्गत आक्रमण हुनसक्ने क्षेत्रहरूलाई प्रवेश निषेध क्षेत्र ९नो–गो जोन० घोषणा गरी सुरक्षा जाँच केन्द्रहरू सञ्चालन गरिएको छ र प्रमुख पूर्वाधारस्थलहरूमा सुरक्षा कडा पारिएको छ।

    आतङ्कवाद विरोधी समितिले युक्रेनले ‘रूसका धेरै क्षेत्रहरूमा स्थितिलाई अस्थिर पार्ने अभूतपूर्व प्रयास’ गरेको बताएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij