२०८३, आश्विन २७ गते

सरकारी अस्पतालमा डाक्टरको बलात्कारपछि हत्या, घटनाको छानबिन गर्न ११ सदस्यीय समिति गठन

सरकारी अस्पतालमा डाक्टरको बलात्कारपछि हत्या, घटनाको छानबिन गर्न ११ सदस्यीय समिति गठन

आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • सरकारी अस्पतालमा डाक्टरको बलात्कारपछि हत्या, घटनाको छानबिन गर्न ११ सदस्यीय समिति गठन

    काठमाडौं। भारतको सरकारी अस्पतालमा महिला डाक्टरको बलात्कारपछि हत्या भएको छ।

    कोलकात्ता स्थित सरकारी आरजी कार अस्पतालमा कार्यरत एक महिला डाक्टरको बलात्कार पछि हत्या भएको भारतीय प्रहरीले जनाएको छ। 

    अस्पतालको चौथो तलामा रहेको सेमिनार हलमा उक्त महिला चिकित्सकको बलात्कारपछि हत्या भएको अबस्थामा शव भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

    उक्त घटनापछि राज्यका सबै सरकारी अस्पतालका चिकित्सकहरुले दोषीलाई कडा कारबाही गर्न माग गर्दै आन्दोलन गरिरहेका छन्। आन्दोलनरत चिकित्सकहरुले सम्पूर्ण काम ठप्प पारेका छन्। 

    अस्पतालमा डाक्टर नै सुरक्षित नभएपछि सर्वसाधारणको उपचार कसरी गर्ने भन्दै उनीहरुले आक्रोस समेत पोखेका छन्। 

    सीसीटीभी फुटेजको सहयोगमा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। तर, उनको परिचय खुलाइएको छैन। प्रहरीले घटनाका दोषीलाई कडाभन्दा कडा सजाय दिने बताएको छ। 

    मुख्यमन्त्री ममता बनर्जीले मृतक चिकित्सकका परिवारलाई भेटेर दोषीलाई मृत्युदण्ड दिने आश्वासन दिएकी छन्।  घटनाको छानबिन गर्न सरकारले ११ सदस्यीय समिति गठन गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij