२०८३, आश्विन २९ गते

गाजापट्टीमा तत्काल र दिगो युद्धविराम गर्न आग्रह

गाजापट्टीमा तत्काल र दिगो युद्धविराम गर्न आग्रह

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • गाजापट्टीमा तत्काल र दिगो युद्धविराम गर्न आग्रह

    एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल-फताह अल-सिसी र कुवेतका अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहले गाजापट्टीमा तत्काल र दिगो युद्धविराम गर्न आग्रह गरेका छन्।

    इजिप्टको राजधानी कायरोमा भएको भेटवार्तामा दुवै नेताले प्यालेस्टिनी जनतालाई अतिक्रमित क्षेत्रमा सुरक्षित, पर्याप्त र दिगो मानवीय सहायता उपलब्ध गराउने र संयुक्त राष्ट्र सुरक्षा परिषद्का सम्बन्धित प्रस्तावन कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्। दुवै नेताहरूले गाजापट्टी भित्र मानवीय सहायताको प्रवेशलाई सहज बनाउनसंयुक्त राष्ट्र संयन्त्र स्थापना गर्न आह्वान गरे। 

    इजरायली अभ्यासले द्वन्द्वलाई विस्तार गर्ने र क्षेत्रको सुरक्षा र स्थायित्व र अन्तर्राष्ट्रिय सुरक्षा र शान्तिलाई खतरामा पार्ने भन्दै दुवै नेताले यस्तो कदमबाट निम्त्याउने गम्भीर मानवीय परिणामबारे चेतावनी दिए । 

    दुवैले प्यालेस्टिनी समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले दुई–राज्यीय समाधान कार्यान्वयन गर्न र सन् १९६७ सिमानामा रहेको प्यालेस्टिनी राज्यलाई पूर्वी जेरुसेलमको राजधानी बनाएर आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने आवश्यकतामा जोड दिए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij