२०८३, आश्विन २७ गते

बिहान खाली पेटमा के खाने के नखाने?

बिहान खाली पेटमा के खाने के नखाने?

बिहिवार, चैत्र ८ २०८०
बिहिवार, चैत्र ८ २०८०
  • बिहान खाली पेटमा के खाने के नखाने?

    काठमाडौं। शारीरिक र मानसिक रूपमा स्वस्थ रहन सन्तुलित भोजनको आवश्यकता पर्छ।

    मानिसको शारीरिक अवस्था एउटै हुँदैन, त्यसैले शारीरिक बनावटअनुसार खानुपर्ने हुन्छ। शरीरलाई आवश्यक पर्ने क्यालोरी, प्रोटिन, फ्याट र फाइबरको मात्रा पनि फरक–फरक हुन्छ। बिहानको समयमा हाम्रो शरीरको पाचन प्रणाली बढी सक्रिय हुन्छ।

    त्यसैगरी बिहान उठ्ने बित्तिकै जे खानेकुरा देख्छौं त्यो खानु भनेको सबैभन्दा ठूलो स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यसले मानिसको पाचन प्रणालीमा नराम्रो असर पार्ने सम्भावना धेरै हुन्छ।

    खानेकुराको व्यवस्थापन मिलाउन सकिएन भने एसिडिटी, ग्यास र चिसो जस्तो समस्या देखा पर्नसक्छ। यस्तो समस्याले दिनभरी मानिसको दिमागमा नराम्रो असर पार्छ र दिन बिताउन सकस हुने जस्ता समस्याले मानसिक तनाव निम्त्याउँछ। 

    खाली पेटमा खाँदा नराम्रो असर पर्ने खानाहरु के–के हुन्?

    मसलायुक्त खानेकुरा: खाली पेटमा मसला र पिरो खानेकुरा खाँदा पेटमा जलन पैदा हुन्छ। खाली पेटमा खाइने यस्ता खानेकुराले एसिडिक रियाक्शन गर्ने र पेटमा ऐठन पैदा गरेर समस्या निम्त्याउँछ। मसलाको प्रकृति अनुसार पाचन प्रक्रियामा समस्या आउँछ।

    जुस: बिहान खाली पेटमा जुस पिउनु पनि फाइदाजनक हुँदैन। यसले पेटमा अनावश्यक भार दिने भएकाले शरीरलाई फाइदा गर्दैन। खाली पेटमा फलमा हुने फ्रक्टोजको रुपमा हुने चिनीले कलेजोमा अत्यधिक दबाव दिने भएकाले खाली पेटमा जुसको सेवन गर्न हुँदैन।

    दही: दहीमा ल्याक्टिक एसिड हुन्छ। यसले पेटमा अम्लियपना बढाउँछ।  पेटमा अम्लताको स्तर बिगार्छ। खाली पेटमा दुधबाट उत्पादन हुने खानेकुराहरुले पेटमा हुने राम्रो ब्याक्टेरियालाई मार्छ। जसले एसिडिटी बढाउँछ। त्यसले बिहान खाली पेटमा यसको सेवन गर्न हुँदैन।

    नासपाती: नासपातीमा पाइने काँचो फाइबरले पेटमा हुने पातलो झिल्लीमा असर पार्छ। यसलाई खाली पेटमा सेवन गर्दा पेटमा दुखाई बढ्न सक्छ। त्यसैले बिहान खाली पेटमा यसको सेवन गर्न हुँदैन।

    अमिलो फलफूल: फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। तर, कुनै कुनै फलफूल बिहानको समयमा खान हुँदैन। केही फलफूलहरुको स्वाद अमिलो हुन्छ। ति फलफूलको सेवनले पेटमा एसिड उत्पादन गर्छ। साथै, यस्ता फलफूलमा अधिक मात्रामा फाइबर र फ्रक्टोज पनि हुन्छ। जसले खाली पेटमा पाचन तन्त्रलाई कमजोर बनाउँछ। 

    काँचो तरकारी: बिहान खाली पेटमा काँचो तरकारीको सेवन गर्न हुँदैन। किनकी विशेषज्ञहरुले यस्तो खानेकुराको सेवन गर्ने सल्लाह दिँदैनन्। काँचो तरकारीमा फाइबरको मात्रा भरपुर हुन्छ। यसले खाली पेटमा अतिरिक्त भार पार्ने भएकाले यसको सेवन गर्न हुँदैन।

    कफी: एक कप कफीको सेवन गर्न उपयुक्त नै हुन्छ। तर, कहिलेकाँही खाली पेटमा भने कफीको सेवन गर्न हुँदैन। खाली पेटमा पाचन तन्त्रलाई समस्या पार्छ।

    के खाँदा शरीरलाई बढी फाइदा हुन्छ ?

    मनतातो पानीको साथमा मह: बिहानको समयमा मनतातो पानीमा एक चम्चा मह राखेर पिउनुहोस् । यो धेरै खनिज भिटामिन, फ्लेवनाइड र एन्जाइम प्रदान गर्न मद्दत दायक हुन्छ । जुन पेट सफा गर्ने एवं स्वस्थ राख्नको लागि प्रभावकारी हुन्छ । यसका अलावा यो वजन कम गर्नको लागि पनि प्रभावकारी हुन्छ ।

    एलोबेरा जुस: यदि तपाईं पेटको समस्याबाट ग्रस्त हुनुहुन्छ भने वा पेटसम्बन्धी कुनै समस्या छ भने खालीपेटमा एलोबेराको जुस लिन सकिन्छ । यसबाट केवल आफ्नो पेट सफा हुन सक्छ । यसबाट कब्जियतको समस्याको समाधान समेत हुन्छ ।

    मेथीको दाना: मेथीको प्रयोग हाम्रो भान्छामा खानेकुराको स्वाद बढाउनका लागि नियमित रूपमा प्रयोग हुँदै आएको छ। यदि मेथीको दानालाई बिहान खाली पेटमा खाएमा स्वास्थ्यमा धेरै किसिमका फाइदा गर्छ। यसमा फाइबर र फस्फोरसको मात्रा धेरै भएको कारण यसले हाम्रो पाचन तन्त्रलाई विशेष फाइदा गर्छ। मधुमेह भएको व्यक्तिले बिहान खाली पेटमा अघिल्लो रात भिजाएको मेथीको सेवन गर्ने हो यो समस्यामा धेरै राहत मिल्छ। यसको नियमित सेवनले दाँत र हड्डीलाई बलियो बनाउन समेत मद्दत गर्छ।

    देशी बदाम: देशी बदाममा प्रचुर मात्रामा फाइबर रहेको हुन्छ। जसले पाचन तन्त्रलाई बलियो बनाउन मद्दत गर्छ। अघिल्लो राती भिजाएको देशी बदामलाई बिहान खाली पेटमा खाने हो भने यसले कब्जियतको समस्या पनि हुन दिँदैन भने यसले पेटमा रहेको एसिडिटीको समस्यालाई पनि कम गर्छ। भिजाएको बदाम सेवन गर्दा मस्तिष्कको स्मरण क्षमतामा पनि वृद्धि गर्छ। देशी बदाममा प्रोटिनको मात्रा धेरै हुने हुनाले यसको सेवनले शरीरको मांसपेशीलाई बलियो समेत बनाउँछ।

    आलस: आलसको दानामा प्रोटिन, आइरन र ओमेगा थ्री फ्याट्टि एसिड हुन्छ। यो तत्त्व हाम्रो शरीरको लागि धेरै नै उपयोगी मानिन्छ। आलसको दानालाई अघिल्लो रात भिजाएर भोलिपल्ट बिहान खाने हो भने यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई कम गरेर मुटुलाई बलियो बनाउन मद्दत गर्छ। आलसको दानामा प्रोटिन पनि रहेको हुन्छ। यसले शरीरको मांसपेशीलाई समेत बलियो बनाउन मद्दत गर्छ।

    दाख वा किसमिस: दाख व किसमिसलाई अघिल्लो रात भिजाएर बिहान खाली पेटमा खाने हो भने यसले शरीरमा भएको एनिमिया, किड्नीमा रहेको पत्थरी, छालाका विभिन्न समस्या र पेटका धेरै किसिमका समस्याहरूलाई हटाउन मद्दत गर्छ। दाखमा पोटासियम, क्याल्सियम, म्याग्नेसियम र फाइबर प्रचुर मात्रामा पाइन्छ। यसमा रहेको पोटासियमले हाई ब्लड प्रेसरको समस्यालाई कम गर्न मद्दत गर्छ। यसमा प्राकृतिक रूपमा गुलियो पदार्थ रहेको हुन्छ जसले शरीरलाई कुनै किसिमको हानी गर्दैन।

    मुङको दाल: मुङको दाललाई प्रोटिनको राम्रो स्रोत मानिन्छ। मुङको दाललाई भिजाएर टुसा उम्रिएपछि खानु सबैभन्दा राम्रो मानिन्छ। यसरी सेवन गर्दा यसमा प्रोटिन, फाइबर र भिटामिन बिको मात्रा पर्याप्त हुन्छ। यसको नियमित सेवनले पाचन प्रणालीलाई राम्रो गर्नुका साथै कब्जियत र ग्याँसको समस्याबाट समेत छुटकारा पाइन्छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij