काठमाडौं। अहिलेको द्रुत जीवनशैली, तनावपूर्ण वातावरण र अस्वस्थ बानीहरूका कारण माइग्रेन एक सामान्य तर पीडादायक समस्या बन्दै गएको छ। विशेषतः १५ देखि ५० वर्ष उमेर समूहका मानिसहरूमा यसको प्रभाव बढी देखिन्छ। स्वास्थ्य विशेषज्ञका अनुसार नेपालमा समेत माइग्रेनका बिरामीको संख्या दिनप्रतिदिन बढ्दो छ।
के हो माइग्रेन ?
माइग्रेन एक प्रकारको न्यूरोलोजिकल समस्या हो जसले टाउको दुख्ने मात्रै नभई अरू पनि लक्षणहरू देखाउन सक्छ। सामान्य टाउको दुखाइभन्दा फरक, माइग्रेन धेरै जसो टाउकोको एकपट्टि चर्को दुख्ने, वान्ता लाग्ने, आँखामा उज्यालो देखिने वा प्रकाशरशब्दप्रति संवेदनशीलता हुने जस्ता लक्षणहरूसहित देखा पर्छ। कतिपय अवस्थामा पीडित व्यक्तिलाई सामान्य काम गर्न पनि मुस्किल हुन्छ।
किन हुन्छ माइग्रेन ?
विशेषज्ञहरूका अनुसार माइग्रेन हुने प्रमुख कारणहरू यस्ता छन् :
अत्यधिक तनाव
निद्रा नपुगेको अवस्था
अनियमित खानपान
लगातार स्क्रिन हेर्नु
हार्मोनमा हुने उतार-चढाव
कडा गन्ध वा तेज प्रकाश
चुरोट, अल्कोहोल वा क्याफिनको अत्यधिक प्रयोग
कहिलेकाहीं वंशानुगत कारणले पनि माइग्रेन हुने सम्भावना रहन्छ।
कसरी बच्ने ?
माइग्रेनबाट बच्न सकिने भए पनि, जीवनशैलीमा सुधार गर्नु अनिवार्य हुन्छ। चिकित्सकहरूका अनुसार यस्ता उपायहरू अपनाएर माइग्रेनबाट जोगिन सकिन्छ:
नियमित निद्रा स् हरेक दिन एकै समयमा सुत्ने र उठ्ने बानी बसाल्नु।
तनाव व्यवस्थापन स् ध्यान, योग वा साँगीतिक विश्रामले मानसिक तनाव घटाउन सकिन्छ।
सन्तुलित आहार स् जंक फुड, अत्यधिक चिनी र चिल्लो परिकारहरूबाट टाढा रहनु आवश्यक छ।
हाइड्रेशन स् प्रशस्त पानी पिउनु माइग्रेन रोकथाममा सहायक हुन्छ।
स्क्रिन टाइम घटाउनु स् लामो समय मोबाइल वा कम्प्युटर हेर्दा ब्रेक लिनु।
चिकित्सकीय परामर्श स् बारम्बार टाउको दुख्ने समस्या छ भने ढिला नगरी चिकित्सकको सल्लाह लिनु जरूरी हुन्छ।
माइग्रेन कुनै घातक रोग नभए पनि यसले दैनिक जीवनमा गम्भीर असर पार्न सक्छ। त्यसैले यसको प्रारम्भिक लक्षण देखिनेबित्तिकै सजग हुन जरुरी छ। औषधि मात्र होइन, जीवनशैली परिवर्तन नै दीर्घकालीन समाधान हो।