२०८३, आश्विन २७ गते

बिहान के खाने ?

बिहान के खाने ?

आइतवार, श्रावण ५ २०८२
आइतवार, श्रावण ५ २०८२
  • बिहान के खाने ?

    काठमाडौं। शारीरिक र मानसिक रूपमा स्वस्थ रहन सन्तुलित भोजनको आवश्यकता पर्छ । मानिसको शारीरिक अवस्था एउटै हुँदैन, त्यसैले शारीरिक बनावटअनुसार खानुपर्ने हुन्छ ।

    शरीरलाई आवश्यक पर्ने क्यालोरी, प्रोटिन, फ्याट र फाइबरको मात्रा पनि फरक–फरक हुन्छ । बिहानको समयमा हाम्रो शरीरको पाचन प्रणाली बढी सक्रिय हुन्छ । दिन ढल्दै गएपछि कम सक्रिय हुन्छ । त्यसकारण पनि ब्रेकफास्ट वा लन्च हेभी खानुपर्छ ।

    उठ्नेबित्तिकै के खाने ?

    उठ्नेबित्तिकै एक गिलास मनतातो पानी पिउनुपर्छ । त्यसपछि सीधै ब्रेकफास्ट गर्दा पनि हुन्छ । वा, फलफूल, ओट्स, चिउरा, दूध खाँदा पनि हुन्छ । कतिपयको चिया र बिस्कुट खाने बानी हुन्छ । बिस्कुटले स्वास्थ्यका लागि फाइदा गर्दैन । घरमै बनाएको रोटी र चिया खान सक्नुहुन्छ । सकेसम्म चिनी नखाँदै राम्रो हुन्छ । 

    ओखर, काजु, पिस्ता, बदाम, किसमिसजस्ता ड्राइफुड खाँदा पनि हुन्छ । यस्ता ड्राइफुडमा प्रोटिनको मात्रा धेरै हुन्छ, जुन शरीरका लागि अत्यावश्यक हुन्छ । सिजनल फलफूल खाँदा झन् राम्रो हुन्छ । 

    ब्रेकफास्ट स् ब्रेकफास्ट गर्दा तीन–चार सय क्यालोरीसम्मको खाना खानुपर्छ । जसले कार्बोहाइड्रेट र प्रोटिनलाई सन्तुलनमा राख्न सकोस् । कार्बोहाइड्रेट मात्रै हुनु भएन ।

    कतिपयको बिहानको समय रोटी र तरकारी खाने बानी हुन्छ । यतिले मात्रै मांसपेशीका लागि आवश्यक पर्ने प्रोटिनको मात्रा पुग्दैन । खाजा वा खानामा प्रोटिन र कार्बोहाइड्रेटको सन्तुलन मिलाउनुपर्छ । जस्तै– दाल, गेडागुडी, दूध, अन्डालगायतको मात्रा मिलाएर खानुपर्छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij