एजेन्सी। यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ। एचआईभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्न भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको छ।
महिलाहरुले रुचि नराख्दा कण्डम प्रयोग गर्नेको संख्या घट्दो छ। खासमा महिलाहरुले किन कण्डम लगाएर यौन सम्पर्क रुचाउँदैनन् रु सेक्स एउटा यस्तो चीज हो जसको इच्छा प्राय सबैमा हुन्छ। एउटा उमेर लागेपछि सेक्सप्रति जो कोहीको रुची जान्छ। उमेर पुगेपछि शारिरीक सम्बन्ध बनाउन युवा युवतीहरु तयार हुन्छन्। यो स्वभाविक पनि हो।
यो हरेकले जान्नु आवश्यक छ कि सेक्स जहिले पनि सेफ रुपमा गर्नुपर्छ। त्यो पनि विवाह अगाडि। असुरक्षति यौनका कारण समस्या धेरै आउने हुँदा कण्डमको प्रयोग गर्न राम्रो मानिन्छ। सेफ सेक्सका लागि कण्डम भरपर्दो अस्थायी साधान समेत मानिन्छ। यसले विभिन्न संक्रमणबाट जोगाउन समेत मदत गर्छ। तर, धेरे महिलाहरुलाई कण्डमको प्रयोग गर्न मनपर्दैन।
कारण यस्ता छन् :
–कण्डम प्रयोग गरेर शारिरिक सम्पर्क गर्दा कम आनन्द हुन्छ ।
–प्राय: महिलाहरुलाई कण्डमको बास्ना मन पर्दैन । यसकारण पनि कण्डम लगाएर शारिरिक सम्पर्क राख्न रुचि देखाउँदैनन् ।
–एलर्जी हुने डर । यो कारणले पनि महिलाहरु कण्डम प्रयोग गर्न अप्ठयारो मान्छन् ।
–कण्डम फुट्ने डरले पनि अधिकांश महिला प्रयोग गर्न चाँसो देखाउँदैनन् ।
मुख्य यी कारणले नै धेरै जसो महिलाहरु कण्डम प्रयोग गर्न रुचि दिदैनन् । हुनत पुरुषहरु पनि कम छैनन् । उनीहरु पनि कण्डम प्रयोग गरिरहन आवश्यक ठान्दैनन् । यसले गर्दा खतरा हुन्छ ।
असुरक्षित यौ न सम्पर्कले दुवैलाई घाटा पुर्याउँछ । कण्डम प्रयोग नगरेरै यौ न सम्पर्क गर्दा रोग लाग्न सक्ने भय त छदैछ बच्चा बस्ने खतरा पनि उत्तिकै हुन्छ । यसकारण यसको महत्व बझेर प्रयोगमा ध्यान दिए राम्रो होला कि ?
यस्ता छन् कण्डम प्रयोगको फाइदा
– यसको प्रयोगले सुरक्षित यौन सम्पर्क राख्न सकिन्छ ।
– अनिच्छित गर्भधारण हुनबाट बचाउँछ ।
– सस्तो, सुलभ र सहज पाइने भएकाले यो कम खर्चिलो अस्थायी साधन हो ।
– यसलाई प्रयोग गर्न सजिलो हुन्छ ।
– एचआईभी एड्स लगायतका यौनरोग सर्ने संभावना हुदैन ।
कण्डम प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
– एक पटकमा प्रयोग गरेको कण्डम दोहोर्याएर प्रयोग नगर्ने ।
– एकै पटकमा दुईवटा कण्डमको समेत प्रयोग नगर्ने ।
– यौ-न सम्पर्कको समयमा कण्डम फुट्ने संभावना हुदाँ सहि तरीकाले प्रयोग गर्ने ।
– उत्तेजित लिंगमा मात्र कण्डमलाई प्रयोग गर्ने ।
– प्रयोग गरिसकेपछि कण्डमलाई माटो मुनि गाड्ने वा जलाउने । एजेन्सी