२०८३, आश्विन २७ गते

सरकारी कार्यालयहरू लार्भारहित बनाउन स्वास्थ्य मन्त्रीको आह्वान

सरकारी कार्यालयहरू लार्भारहित बनाउन स्वास्थ्य मन्त्रीको आह्वान

बुधवार, श्रावण १ २०८२
बुधवार, श्रावण १ २०८२
  • सरकारी कार्यालयहरू लार्भारहित बनाउन स्वास्थ्य मन्त्रीको आह्वान

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरूलाई लार्भारहित बनाउन अभियानमा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन्।

    बुधबार आयोजित ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उनले डेंगीको जोखिम घटाउन लार्भा उत्पादन हुने सम्भावित स्थानहरू नष्ट गर्नुपर्नेमा जोड दिए। “साफ–सफाइ अभियान सुरु गरौं, निर्माण सामग्री जथाभावी नछोडौं, पानी जम्ने खाल्डा पुर्नुपर्छ र फालिएका टायरहरूको व्यवस्थापन गर्नुपर्छ,” मन्त्री पौडेलले भने।

    उनका अनुसार साउन, भदौ, असोज र कार्तिक महिनामा डेंगीको संक्रमण उच्च हुने भएकाले यिनै चार महिनामा विशेष सतर्कता अपनाउनु जरुरी छ। उनले यस्तो समयमा कुनै पनि निर्माण कार्य नगर्न र सरसफाइ अभियानलाई प्राथमिकता दिन सरकारी कार्यालयहरूलाई निर्देशन दिए।

    “सरकारी कार्यालयहरू लार्भारहित बनाउन सक्यौं भने दर्जनौँ मानिसलाई डेंगुबाट बचाउन सकिन्छ,” मन्त्री पौडेलले भने।

    उनले प्रत्येक शुक्रबार विशेष सरसफाइ अभियान सञ्चालन गर्न पनि आग्रह गरे। “डेंगुबाट बच्न सबैभन्दा पहिले आफू बसेको ठाउँ सफा गर्नुपर्छ,” उनले भने, “आफू सुरक्षित भइ अरूलाई पनि सहयोग गर्न सकिन्छ।”

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij