२०८३, आश्विन २७ गते

लोकराज अधिकारीले लेखे 'नेपाली क्रिकेट जिन्दाबाद'

लोकराज अधिकारीले लेखे 'नेपाली क्रिकेट जिन्दाबाद'

मंगलवार, फाल्गुण १ २०८०
मंगलवार, फाल्गुण १ २०८०
  • लोकराज अधिकारीले लेखे 'नेपाली क्रिकेट जिन्दाबाद'

    काठमाडौं। लोकप्रिय गीतकार तथा सञ्चारकर्मी लोकराज अधिकारीले नेपाली क्रिकेटको सम्मानमा गीतको रचना गरेका छन्।

    'पछिल्लो समय नेपाली क्रिकेटले इतिहाँस रचिरहेको छ। नेपाली क्रिकेट टिममा दक्ष खेलाडीहरुको प्रवेश भइरहेको र बिभिन्न देशसँग खेल्दै विजय पनि पाइरहेको अवस्था छ। नेपाल क्रिकेट र खेलाडीको सम्मानमा गीतको रचना गरेको हुँ,' अधिकारीले भने। अधिकारीका थुप्रै गीत नेपाली सांगीतिक बजारमा लोकप्रिय छन्।

    यस्तो छ उनले रचना गरेको गीत:

    सिङ्गो नेपाल जोड्ने , बिश्व प्रभाव छोड्ने 

    नेपाली क्रिकेट जिन्दाबाद नेपाली खेलाडी धन्यवाद ।

     

    बिश्वखेल मञ्चमा चन्द्र सूर्य उदायो 

    क्रिकेटले नेपालीको शिर उँचो बनायो

    रङ्गभेद र वर्णभेद बेमेल सारा हटायो 

    उत्कृष्ट प्रदर्शनले विपक्षीलाई हरायो 

    नेपाली क्रिकेट जिन्दाबाद नेपाली खेलाडी धन्यवाद । 

     

    सगरमाथा भएको बुद्धको देश नेपाल 

    क्रिकेट जित्ने देश हो भन्न थाले अचेल 

    संसारलाई जोड्नु छ एकता र मेलले 

    कि त जोड्छ कलाले कि त जोड्छ खेलले 

    नेपाली क्रिकेट जिन्दाबाद नेपाली खेलाडी धन्यवाद  । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij