२०८३, आश्विन २७ गते

जुनु गौतमको 'यो माया', हेरौँ अश्मिता जुरेलीको नृत्य र अभिनय

जुनु गौतमको 'यो माया', हेरौँ अश्मिता जुरेलीको नृत्य र अभिनय

आइतवार, श्रावण १२ २०८२
आइतवार, श्रावण १२ २०८२
  • जुनु गौतमको 'यो माया', हेरौँ अश्मिता जुरेलीको नृत्य र अभिनय

    काठमाडौं। गायिका जुनु गौतमको नयाँ गीत ‘यो माया’ सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शक तथा श्रोताको उल्लेखनीय माया पाएको छ।

    जीवन अधिकारीको शब्द संगीत र बिपिन आचार्यको संगीत संयोजन रहेको यो गीतमा प्रेमका भावहरुलाई रमाइलो र नृत्यमय शैलीमा प्रस्तुत गरिएको छ। भिडियोमा चर्चित रेस्लर अश्मिता जुरेली र क्रिस बमको आकर्षक अभिनय देख्न सकिन्छ। गीतलाई विशाल कैनीले कोरियोग्राफी र निर्देशन गरेका छन्।

    सार्वजनिक भएको केही दिनमै गीतले युट्युबमा १ लाख ३० हजारभन्दा बढी पटक हेराइ पाएको छ। प्रेम र नृत्यको समिश्रण रहेको यस गीतमा दर्शक छमछमी नाच्न सक्ने खालको रमाइलो लय भेटिन्छ।

    गायिका जुनु गौतमका अनुसार ‘यो माया’ पछि उनका आधा दर्जनभन्दा बढी गीतहरू सार्वजनिक हुने क्रममा छन्। 'मेरो यो गीतसँगै अन्य थुप्रै गीतहरू बजारमा आउँदैछन्, 'उनले भनिन्, 'तीमध्ये तीज गीत, भजन र शास्त्रीय (क्लासिकल) गीतहरू पनि समावेश छन्। दर्शकको माया पाउने गहिरो विश्वास लिएको छु।'

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij