काठमाडौं। गायिका जुनु गौतमको आवाजमा हरेको नयाँ तीज गीत ‘आइपुग्यो तीज’ सार्वजनिक भएको छ।
महानन्द सापकोटाको शब्द तथा जीवन अधिकारीको संगीत रहेको गीतमा संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ विपिन आचार्यले गरेका छन्। यो गीत एमबी रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो।
गीतको अडियो तथा भिडियो निर्माण चिलगाडी फिल्म्स अफिसियलमार्फत गरिएको छ। भिडियोमा शुप्रभा अधिकारी र संजय बुढाथोकी लगाएतका कलाकारले अभिनय गरेका छन्।
भिडियोलाई निर्देशन सुरेश काफ्लेले गरेका छन् भने सहायक निर्देशनमा बसन्त खनाल र बिरेन्द्र राणा रहेका छन्। छायांकन आरडी दुलालले गरेका छन् भने नृत्य संयोजन खगेन्द्र गिरीको रहेको छ।
तीजको उल्लास र सांस्कृतिक भावनालाई समेटिएको यस गीतलाई चिलगाडी फिल्म्स अफिसियल युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।