२०८३, आश्विन २७ गते

दिपेन्द्र प्रकाश केसीको निर्देशनमा ‘करीमै’, कांग्रेस महामन्त्री थापाद्वारा बिमोचन

दिपेन्द्र प्रकाश केसीको निर्देशनमा ‘करीमै’, कांग्रेस महामन्त्री थापाद्वारा बिमोचन

बिहिवार, श्रावण ३० २०८२
बिहिवार, श्रावण ३० २०८२
  • दिपेन्द्र प्रकाश केसीको निर्देशनमा ‘करीमै’, कांग्रेस महामन्त्री थापाद्वारा बिमोचन

    काठमाडौं। नायक तथा निर्देशक दिपेन्द्र प्रकाश केसीको निर्देशनमा तयार भएको तीज गीत ‘करीमै’ सार्वजनिक भएको छ।

    राजधानी काठमाडौंको आइप्लेक्स मलमा आयोजित एक कार्यक्रममा पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री एंव नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले गीतको बिमोचन गरे।

    उक्त कार्यक्रममा विशिष्ट अतिथिकारुपमा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेल सहभागी थिए।

    गायिका टीका पुनको स्वरमा रहेको यो गीतमा सन्तकुमार केसीको शब्द तथा माधव बिएमको संगीत रहेको छ। गीतको एरेन्जर रोमश भण्डारी हुन् भने रेकर्डिङ शंकरा डिजिटल स्टुडियोमा गरिएको थियो।

    गीतको भिडियोमा स्वोस्तिका गिरी, देवी भण्डारी, कुलबहादुर ओलीको मुख्य अभिनय रहेको छ भने गीताञ्जली योगी, पदमराज अवस्थी, राजेन्द्र थापा, जुली कोईराला, पवन रावल, दीप श्रेष्ठा, मगराज धिमाल लगायतको पनि अभिनय देख्न सकिन्छ। यस्तै बाल कलाकार चेतना प्रसाई र प्रिनिका तामाङको पनि सहभागिता छ।

    भिडियोका लागि क्यामेरा र सम्पादन ओम प्रसाईले गरेका हुन्। निर्माण व्यवस्थापन मगराज धिमालले सम्हालेका छन् भने पोस्ट–प्रोडक्सन गोरक्षनाथ मिडिया हाउस प्रा. लि. मार्फत गरिएको हो। गीतका निर्माता कमल खत्री हुन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij