२०८३, आश्विन २७ गते

भीम बिसी र जुनु गौतमको आवाजमा ‘एकै पलको माया’, करिश्मा मानन्धरको अभिनय

भीम बिसी र जुनु गौतमको आवाजमा ‘एकै पलको माया’, करिश्मा मानन्धरको अभिनय

आइतवार, श्रावण १९ २०८२
आइतवार, श्रावण १९ २०८२
  • भीम बिसी र जुनु गौतमको आवाजमा ‘एकै पलको माया’, करिश्मा मानन्धरको अभिनय

    काठमाडौं। चर्चित गायक भीम बिसी र गायिका जुनु गौतमको आवाजमा नयाँ नेपाली गीत ‘एकै पलको माया’ सार्वजनिक भएको छ।

    नेपाली फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी नायिका करिश्मा मानन्धरको आधिकारिक युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक भएको होे।

    गीतमा स्वर, शब्द र संगीत गायक बिसीकै छ। करुण भाव बोकेको यो प्रेमिल गीतमा जुनु गौतमको मीठो स्वरले थप गहिराई दिएको छ। गीतको भिडियोमा करिश्मा मानन्धर र श्रीजेश श्रेष्ठ प्रमुख भूमिकामा देखिएका छन्।

    टेन्जु योंजनको निर्देशनमा तयार भएको म्युजिक भिडियोको छायांकन तथा सम्पादन सुसिल क्षेत्रीले गरेका हुन्। अनिल कार्की क्यामरा सहायक र ड्रोन अपरेटरको रूपमा सहभागी छन्।

    भिडियोको मेकअप तथा हेयर डिजाइन रितु रानाले सम्हालेकी छन् भने राजेन्द्र अधिकारीले निर्माण व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन्। गीतको निर्माता नविन भट्टराई र सह(निर्माताको रूपमा करिश्मा मानन्धर रहेकी छन्।

    प्रेम र भावनात्मक सम्बन्धको संवेदनशील पक्ष उजागर गर्ने यो गीतले छोटो समयमा नै दर्शक(श्रोताको मन जित्न सफल भएको छ। 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij