२०८३, आश्विन २७ गते

नेपाल ठूला मञ्चको लागि तयार छ : पारस खड्का

नेपाल ठूला मञ्चको लागि तयार छ : पारस खड्का

आइतवार, श्रावण ५ २०८२
आइतवार, श्रावण ५ २०८२
  • नेपाल ठूला मञ्चको लागि तयार छ : पारस खड्का

    काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न पाउनु गौरवको विषय भएको बताएका छन्।

    उनले नेपाल प्रिमियर लिग (एनपिएल)ले नेपाली क्रिकेटमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) समक्ष प्रस्तुत गर्न पाएको अवसरप्रति आभार व्यक्त गर्दै नेपाल अब ठूला मञ्चका लागि तयार भएको उल्लेख गरेका हुन्।

    ‘नेपाल क्रिकेट र नेपाल प्रिमियर लिगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पाउँदा हामी उत्साहित छौं,’ खड्काले सामाजिक संजाल फेशबुकमा लेखेका छने, आइसीसीलाई धन्यवाद दिन चाहन्छु जसले हामीलाई एनपिएलको प्रभाव र नेपाललाई क्रिकेट राष्ट्रको रूपमा अगाडि बढाउने हाम्रो योजनाहरू प्रस्तुत गर्ने अवसर दियो।’

    गत वर्ष सफलतापूर्वक सम्पन्न भएको एनपिएलले नेपाली घरेलु क्रिकेटमा नयाँ ऊर्जा भरेको थियो। खेलाडीहरुको प्रदर्शन, दर्शकहरुको सहभागिता, र व्यवस्थापनको प्रभावकारिताले नेपाललाई क्रिकेटको नयाँ युगतर्फ डोर्याएको खड्काको भनाइ छ।

    ‘हामी दृढ छौं कि नेपाल अब विश्व क्रिकेटको ठूलो मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने स्थितिमा पुगेको छ,’ खड्काले भने। सचिव खड्काको भनाइले नेपाल क्रिकेटप्रति बढ्दो आशा र विश्व क्रिकेटमा नेपालको उपस्थिति विस्तार गर्न सक्ने सम्भावनालाई बलियो बनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij