२०८३, आश्विन २७ गते

साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल भुटानसँग खेल्दै

साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल भुटानसँग खेल्दै

शनिवार, श्रावण ४ २०८२
शनिवार, श्रावण ४ २०८२
  • साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल भुटानसँग खेल्दै

    दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ।

    शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजेदेखि सुरू हुनेछ। जारी प्रतियोगितामा नेपालले भुटानसँग दोस्रो खेल खेल्न लागेको हो।

    पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो। आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ।

    ‍नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ। दुवै खेलमा नेपाल ७(० गोलले विजयी भएको थियो। आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा ३-२ गोलले हारेको थियो।

    नेपालले आजको खेलपछि सोमबार बंगलादेशसँग खेल्नेछ। नेपालले ४ खेलबाट ९ अंक बटुलेको छ। ३ खेलबाट घरेलु बंगलादेशको ९ अंक छ। लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij