२०८३, आश्विन २७ गते

साफ यू–२० महिला च्याम्पियनसिप : नेपालद्वारा श्रीलंकामाथि ७–० को शानदार जीत

साफ यू–२० महिला च्याम्पियनसिप : नेपालद्वारा श्रीलंकामाथि ७–० को शानदार जीत

बिहिवार, श्रावण २ २०८२
बिहिवार, श्रावण २ २०८२
  • साफ यू–२० महिला च्याम्पियनसिप : नेपालद्वारा श्रीलंकामाथि ७–० को शानदार जीत

    काठमाडौं। साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकासँगको दोस्रो खेलमा पनि नेपाल फराकिलो अन्तरले विजयी भएको छ।

    बिहीबार दिउँसो भएको खेलमा नेपाल ७-० गोलअन्तरले विजयी भएको हो। बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा भएको खेलमा नेपालले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा ३ गोल थप्यो।

    नेपालका लागि समिक्षा मगरले २ गोल गर्दा पूर्णिमा राई, कुसुम खतिवडा, सरिता नाथ र बिर्सना चौधरीले एक/एक गोल गरे। यस्तै एक गोल आत्मघाती गोल उपहार पाएको थियो।

    १५औं मिनेटमा पूर्णिमाले ट्याप इन गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। ३५औं मिनेटमा कुसुमले गोल गर्दै अग्रता दोब्बर पारिन्। ४३औं मिनेटमा सरिता नाथले फ्रिकिकमा गोल गर्दै ३-० को अग्रतामा पुर्‍याइन्। त्यस्तै ४५औं मिनेटमा कुसुमको प्रहार डिफेन्डरलाई लागेर डिफ्लेक्ट हुँदै गोल भएपछि नेपालले ४-० को अग्रता बनायो।

    दोस्रो हाफको ६७औं मिनेटमा बिर्सनाले पेनाल्टीमार्फत गोल गर्दै अग्रता अझै बढाइन्। समिक्षा मगरले ७४औं र ७८औं मिनेटमा गोल गर्दै अग्रता ७-० मा पुर्‍याइन्।

    ९०औं मिनेटमा बिर्सनाको अर्को पेनाल्टी प्रहार भने श्रीलंकन गोलरक्षकले बचाइन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij