२०८३, आश्विन २७ गते

एकदिवसीय विश्वकपको एकै खेलमा कीर्तिमानी दोहोरो शतक बनाएका गप्टिलले लिए संन्यास

एकदिवसीय विश्वकपको एकै खेलमा कीर्तिमानी दोहोरो शतक बनाएका गप्टिलले लिए संन्यास

बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • एकदिवसीय विश्वकपको एकै खेलमा कीर्तिमानी दोहोरो शतक बनाएका गप्टिलले लिए संन्यास

    काठमाडौं। एकदिवसीय विश्वकपमा एकै खेलमा कीर्तिमानी दोहोरो शतक बनाएका न्युजिल्याण्ड्सका क्रिकेटर मार्टिन गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।

    ३८ वर्षीय गप्टिलले आधिकारिक रूपमा संन्यासको घोषणा गरेका न्युजिल्याण्ड क्रिकेटले आफ्नो वेबसाइटमार्फत जनाएको छ।

    न्युजिल्याण्डका लागि सबै फर्म्याटमा गरेर ३६७ खेलमा १३ हजारभन्दा धेरै रन बनाएका उनी हालै नेपाल प्रिमियर लिगमा विराटनगर किंग्समा आबद्ध थिए। उनी न्युजिल्याण्डका लागि एकदिवसीयमा दोहोरो शतक प्रहार गर्ने पहिलो र हालसम्म एकमात्र खेलाडी पनि हुन्।

    उनले विश्वकपको खेलमा दोहोरो शतक बनाएका थिए। भारतविरुद्ध ८ मार्च २००९ मा टेस्ट क्रिकेटमा डेब्यु गरेका उनले भारतविरुद्धै ८ अक्टोबर २०१६ मा अन्तिम टेस्ट खेलेका थिए।


    आइपिएलमा उनले मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र किंग्स इलेभन पन्जाबबाट खेलेका थिए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij