काठमाडौं। एसीसी प्रिमियर कपमा आज नेपालले हङकङसँग प्रतिष्पर्धा गर्ने भएको छ।
ओमानको अल अमरेत क्रिकेट ग्राउण्ड–१ म नेपालले मध्याह्न ११ः४५ मा आफ्नो तेस्रो खेल हङकङसँग खेल्न लागेको हो।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो। उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो।
१० टोली सहभागी प्रिमियर कपको विजेताले एसिया कप टी–२० प्रतियोगिता खेल्न पाउनेछ। समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ। साउदी २ खेलमा समान १ मा जित र हारसहित दोस्रो स्थानमा छ।
मलेसिया र हङकङको समान खेलमा १ मा जित र १ मा हारसहित २–२ अंक भए पनि नेट रनरेटका कारण तेस्रो र चौथो स्थानमा छन्। कतार २ खेलमा जितविहीन हुँदै पुछारमा छ।