काठमाडौं। नेपालले पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ए (वल्भ्सविरुद्ध) टस हारेको छ।
नेपालले टस हारेर पहिला बलिङ गर्ने भएको हो। टीयू क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्।
आजको खेलमा नेपालका प्रतिश जि.सी, विवेक यादव, अनिल कुमार शाह र आकाश चन्दलाई बेन्चमा रहेका छन्। नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ। त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ।नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन्।
आयरल्यान्डविरुद्ध रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहराले खेल्नेछन्।