२०८३, आश्विन २७ गते

एमाले सुर्खेतमा यामलाल कँडेल समूहकै देवकोटा अध्यक्षमा निर्वाचित

एमाले सुर्खेतमा यामलाल कँडेल समूहकै देवकोटा अध्यक्षमा निर्वाचित

सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • एमाले सुर्खेतमा यामलाल कँडेल समूहकै देवकोटा अध्यक्षमा निर्वाचित

    काठमाडौं। नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन्। अध्यक्षका प्रतिद्वन्द्वी अमृतबहादुर बिसीलाई हराउँदै देवकोटाको प्यानलैले जितेको हो।

    देवकोटाले ३५१ मत प्राप्त गर्दा बिसीले जम्मा १३२ मत पाए। देवकोटा यसअघि जिल्ला उपाध्यक्ष समेत थिए। पदाधिकारीमा पनि देवकोटाको प्यानलै विजयी भएको छ। देवकोटा यामलाल कँडेल निकट मानिन्छन्। जिल्लामा कँडेल र गोरख बोगटी( नवराज रावत समूहले प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका थिए ‌।

    उपाध्यक्षमा मोहनबहादुर बडुवाल ३४६ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी बिसी प्यानलका ताराकेशर गौतमले १३० भोट पाए। सचिवमा डम्बर तिवारीले २९१ मत ल्याएर विजयी हुँदा डण्डीप्रसाद शर्माले १८९ मत प्राप्त गरे।

    साथै, उप–सचिव खुलामा टीकाराम सोमै र महिलामा सुशीला विश्वकर्मा निर्वाचित भएका छन्। टीकारामले ३२४ मत र सुशीलाले ३३५ भोट ल्याइन्। यहाँ सर्वसम्मत गर्ने प्रयास गरिए पनि सहमति नभएपछि चुनाव नै भएको थियो। 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij