२०८३, आश्विन २७ गते

एमाले पोलिटब्युरो बैठकमा विधान मस्यौदामाथि छलफल हुने

एमाले पोलिटब्युरो बैठकमा विधान मस्यौदामाथि छलफल हुने

शनिवार, श्रावण ४ २०८२
शनिवार, श्रावण ४ २०८२
  • एमाले पोलिटब्युरो बैठकमा विधान मस्यौदामाथि छलफल हुने

    काठमाडौं। नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ।  शुक्रबार स्थगित भएको बैठक आज बस्न लागेको हो।

    बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। आजको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल हुनेछ।

    शुक्रबार सात जनाले मस्यौदामाथि धारणा राखेका थिए। किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले आफ्नो कुरा राखेका थिए। बाँकीले आजको बैठकमा धारणा राख्नेछन्।

    बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयले पनि प्रवेश पाएको छ। सदस्यहरुले भण्डारीको राजनीतिमा फर्किने निर्णय, ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्थालगायतका विषयमाथि धारणा राख्नेछन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij