२०८३, आश्विन २७ गते

रास्वपा प्रदेश सभा खारेजीको पक्षमा : मनिष झा

रास्वपा प्रदेश सभा खारेजीको पक्षमा : मनिष झा

शनिवार, श्रावण ४ २०८२
शनिवार, श्रावण ४ २०८२
  • रास्वपा प्रदेश सभा खारेजीको पक्षमा  : मनिष झा

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रास्वपा प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताएका छन्।  आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश रहने तर प्रदेश सभा खारेज गर्ने रास्वपाको नीति रहेको बताए। 

    प्रदेश सभामा पुग्ने प्रदेशको स्थानीय तह बनाउने गरी आफूहरू अघि बढिरहेको उनले बताए। पालिकाहरूको प्रतिनिधि पुगेर प्रदेश सभाको व्यवस्था गर्ने र त्यसपछि नै एक अर्काले प्रदेश, स्थानीय तहलाई बुझ्ने उनले बताए। 

    रास्वपाले सङ्घमा २१ वटा मन्त्रालयबाट १५ मा झार्ने योजनाअनुसार आफ्नो नीति अघि बढाइरहेको बताए। विभिन्न कालखण्डमा बनाइएका आयोगहरू खारेज गर्ने पक्षमा रास्वपा रहेको उल्लेख गरे। 

    सांसद झाले नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको आफ्नो योजना, सिद्धान्त, रणनीति केही नरहेको र रास्वपाका नेताहरूको जवाफ दिएर बस्ने काम गरिरहेको बताए। 

    सत्तापक्षले संसदमा प्रतिपक्षको खण्डन नगर्ने भन्दै अब सत्तापक्षलाई संसदीय अभ्यास रास्वपाले सिकाउने बताए। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij