२०८३, आश्विन २७ गते

प्रधानमन्त्री बालेनले समानुपातिक सांसदसँग छलफल गर्दै

प्रधानमन्त्री बालेनले समानुपातिक सांसदसँग छलफल गर्दै

मंगलवार, बैशाख १ २०८३
मंगलवार, बैशाख १ २०८३
  • प्रधानमन्त्री बालेनले समानुपातिक सांसदसँग छलफल गर्दै

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक सांसदसँग छलफल गर्ने भएका छन् ।

    भोलि बुधबार दिउँसो १२ बजे समानुपातिक सांसदसँग बालेनको अन्तरक्रिया कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

    सो छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने भनिएको छ । सांसदहरूलाई आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्न भनिएको सचिवालयले जनाएको छ ।

    जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रम राखिएको बालेनको सचिवालयले जनाएको छ ।

    यसअघि बालेनले प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभाका सांसदसँग प्रदेशअनुसार भेटेर छलफल गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij