२०८३, कार्तिक १ गते

नेपालको सिनियर टोलीले पहिलो पटक बहराइनसँग खेल्दै

नेपालको सिनियर टोलीले पहिलो पटक बहराइनसँग खेल्दै

बिहिवार, चैत्र ८ २०८०
बिहिवार, चैत्र ८ २०८०
  • नेपालको सिनियर टोलीले पहिलो पटक बहराइनसँग खेल्दै

    काठमाडौं। फिफा विश्वकप २०२६ छनोटअन्तर्गतको दोस्रो चरणको खेलमा नेपालले आज बहराइनसँग खेल्न लागेको छ।

    नेपालको सिनियर टोलीले पहिलो पटक बहराइनसँग नेपाली समयअनुसार राति १२ः४५ बजेबाट खेल्न सुरु गर्नेछ। यो खेल नेपालले घरेलु मैदानमा खेल्नु पर्ने भएपनि दशरथ रंगशाला मैदानको स्तर राम्रो नभएकोले बहराइनको राष्ट्रिय रंगशालमा खेल्नेछ। नेपाल रहेको समूह ‘एच’ मा यूएई, बहराइन र यमन रहेका छन्।

    नेपाल पहिलो चरणमा लाओसलाई १–० ले हराउँदै दोस्रो चरणमा पुगेको थियो। नेपालले यसअघि युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो। मलेसिया एउटा मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली बहराइन पुगेको हो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij