२०८३, आश्विन २७ गते

एमाले कैलाली अधिवेशन: नेतृत्व चयन गर्न छैटौँ दिनमा मतदान सुरु

एमाले कैलाली अधिवेशन: नेतृत्व चयन गर्न छैटौँ दिनमा मतदान सुरु

शुक्रवार, फाल्गुण ११ २०८०
शुक्रवार, फाल्गुण ११ २०८०
  • एमाले कैलाली अधिवेशन: नेतृत्व चयन गर्न छैटौँ दिनमा मतदान सुरु

    काठमाडौं। नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि छैटौं दिन शुक्रबार मतदान सुरू भएको छ।

    सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा केहीबेर अघि मतदान सुरू भएको हो। मतदान दिउँसो १ बजेसम्म चल्नेछ।

    अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, डेजी पाण्डे चुनावी मैदानमा छन्। आज पहिलो मत अध्यक्षमा उम्मेदवार पाण्डेले दिएका थिए। त्यसपछि जोशी र ढुङ्गानाले मत दिए।

    उपाध्यक्षमा ६ जनाको उम्मेदवारी रहेको छ। गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन्।

    सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीले उम्मेदवारी दिएका छन्। चन्द यज्ञराज ढुङ्गाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन्। उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उम्मेदवारी परेको छ।

    त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गाकुमारी चौधरी र शान्तिदेवी सिंह रहेका छन्। यो निर्वाचनमा पाँच सय ९१ जना प्रतिनिधिले मतदान गर्नेछन्।

    ६ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोडाघोडीको सुखडमा नवौँ अधिवेशनको उदघाटन गरेका थिए। ओलीले नेतृत्वमा सहमति नजुटे भोलिपल्टै निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए तर मंगलबार मात्र प्रक्रिया थालेको निर्वाचन कमिटीले प्राविधिक समस्या देखाउँदै निर्वाचन कार्यक्रम सार्दै आएको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij