२०८३, कार्तिक १ गते

इराक विरुद्ध साम्बाको ५ गोल, अन्तर्राष्ट्रिय फुटबलमा ५० पूरा

इराक विरुद्ध साम्बाको ५ गोल, अन्तर्राष्ट्रिय फुटबलमा ५० पूरा

शुक्रवार, फाल्गुण ११ २०८०
शुक्रवार, फाल्गुण ११ २०८०
  • इराक विरुद्ध साम्बाको ५ गोल, अन्तर्राष्ट्रिय फुटबलमा ५० पूरा

    काठमाडौं। सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा वाफ महिला च्याम्पियनसिप अन्तरगत नेपालले इराक विरुद्ध ५–० गोलको जित निकालेको छ। जितसङ्गै नेपाल ६ अंकसहित सेमिफाइनल प्रवेश गरेको छ।

    ‘साम्बा’ ले पहिलो हाफमा नै चार गोल गरेकि थिइन्। र दोश्रो हाफमा थप एक गोल गरिन्। साम्बाले खेलको १४ औ मिनेटमा टिमलाइ १–० को अग्रता दिलाएकी थिइन्। योसँगै राष्ट्रिय टिमकी फरवार्ड साम्बाले अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पनि पूरा गरेकी छन्।

    यसअघि वाफ च्याम्पियनसिपको पहिलो खेलमा उनले सिरिया विरुद्ध ४-१ को जितमा १ गोल मात्र गरेकी थिइन्। खेलको १६ औं मिनेटमा ब्यक्तीगत दोश्रो गोल गर्दै टिमलाइ थप मजवुत बनाएकी साम्बाले ३७ औं मिनेटमा गोल गर्दै आफ्नो वाफ महिला च्याम्पियनसिपमा आफ्नो पहिलो ह्याट्रिक पूरा गरेकी हुन्।

    खेलको ४४ औं मिनेटमा ब्यक्तिगत चौथो गोल गर्दै पहिलो हाफमा नेपाललाइ ४–० को अवस्थामा लगेकी साम्बाले दोश्रो हाफको ८० औं मिनेटमा ब्यक्तिगत पाँचौ गोल गर्दै नेपाललाई सानदार जित दिलाइन्।

    साम्बाले सन् २०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपमा भुटान विरुद्धको खेलमा डेब्यु गोल गरेकी थिइन्।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij