२०८३, आश्विन २९ गते

नेपाल नामिबियासँग ४ विकेटले पराजित

नेपाल नामिबियासँग ४ विकेटले पराजित

बिहिवार, फाल्गुण ३ २०८०
बिहिवार, फाल्गुण ३ २०८०
  • नेपाल नामिबियासँग ४ विकेटले पराजित

    काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ।

    टियु क्रिकेट ग्राउण्डमा नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा  पुरा गर्यो।

    नामिबियाका जान फ्रान्कलिनले ३४ र जान निकोल लफ्टी इटनले ३१ रन बनाए । ८४ रनमा ५ विकेट गुमाएको अवस्थामा इटनले आक्रामक ब्याटिङ गरेका थिए ।

    नेपालका सोमपाल कामीले ३, ललितनारायण राजवंशीले २ र रोहित पौडेलले एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाउँदै अल आउट भएको थियो। नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१ र करण केसीले १६ रन बनाए।

    यस्तै कुशल मल्ल १५, पवन सर्राफ १२, अनिल शाह ८, आसिफ शेख ४, सोमपाल कामी २, कप्तान रोहित पौडेल १ र कुशल भुर्तेल शून्य रनमा आउट भए।

    नामिबियाका कप्तान जेरार्ड एरास्मसले ५ विकेट लिए। ८.१ ओभर बलिङ् गरेका उनले मात्र २८ रन दिएका थिए।  रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले २–२ तथा निकोल लोफ्टि–इटनले १ विकेट लिएका थिए।

    नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ ९२०२३–२०२७० को सुरुवात गर्न लागेको हो। नेपालले यो त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij