२०८३, आश्विन २७ गते

नामिबियाले गुमायो ४ विकेट, सोमपालले लिए एकै ओभरमा दुई

नामिबियाले गुमायो ४ विकेट, सोमपालले लिए एकै ओभरमा दुई

बिहिवार, फाल्गुण ३ २०८०
बिहिवार, फाल्गुण ३ २०८०
  • नामिबियाले गुमायो ४ विकेट, सोमपालले लिए एकै ओभरमा दुई

    काठमाडौं। आइसिसी विश्वकप लिग(२ अन्तर्गत नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नामिबियाले ४ विकेट गुमाएको छ।

    टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालका सोमपाल कामीले एकै ओभरमा नामिबियाका दुई विकेट लिए। नामिबिया जिततर्फ लम्किरहेको अवस्थामा कामीले झट्का दिएका हुन्।

    २१ औं ओभरको तेस्रो बरमा सोमपालले गुहार्ग इरास्मसलाई पवन सर्राफको हातबाट क्याच गराए। सोही ओभरको अन्तिम बलमा जान फ्रेलिन्क सोमपालको बलमा कुशल भुर्तेलको हातबाट क्याचआउट भए।

    त्यसअघि नेपालका लागि दुवै ओपनरको विकेट ललितनारायण राजवंशीले लिएका थिए। ओपनिङ ब्याटर निकोलास डेभिनलाई नेपालका ललितनारायण राजवंशीले १५ रनमा कुशल भुर्तेलबाट क्याच गराए। यस्तै दोस्रो विकेटको रुपमा ललितले ओपनर माइकल भानलाई २३ रनमा आउट गरे।

    त्यतिबेला नामिबियाले १३।१ ओभरमा २ विकेटको क्षतिमा ५४ रन जोडेको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij