२०८३, आश्विन २७ गते

माओवादी केन्द्रको विधान अधिवेशन ३ बजेसम्म स्थगित

माओवादी केन्द्रको विधान अधिवेशन ३ बजेसम्म स्थगित

बिहिवार, फाल्गुण ३ २०८०
बिहिवार, फाल्गुण ३ २०८०
  • माओवादी केन्द्रको विधान अधिवेशन ३ बजेसम्म स्थगित

    काठमाडौं। नेकपा माओवादी केन्द्रको विधान अधिवेशन दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ। राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा जारी विधान अधिवेशनमा २० वटै समूहका तर्फबाट सुझाव पेश भएसँगै बैठक केही समयका लागि स्थगित भएको हो। 

    बैठक स्थगित गरेर शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। २० वटै समूहबाट आएका सुझावलाई कसरी समेट्ने भन्नेबारे पदाधिकारी तहमा छलफल गर्न लागिएको एक नेताले जानकारी दिए। 

    ती नेताका अनुसार पदाधिकारी बैठकको निष्कर्षका आधारमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij