२०८३, कार्तिक २ गते

नेपालले दियो नामिबियालाई १३३ रनको लक्ष्य

नेपालले दियो नामिबियालाई १३३ रनको लक्ष्य

बिहिवार, फाल्गुण ३ २०८०
बिहिवार, फाल्गुण ३ २०८०
  • नेपालले दियो नामिबियालाई १३३ रनको लक्ष्य

    काठमाडौं।  आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपाल १३२ रनमा अलआउट भएको छ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो। नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१ र करण केसीले १६ रन बनाए।

    यस्तै कुशल मल्ल १५, पवन सर्राफ १२, अनिल शाह ८, आसिफ शेख ४, सोमपाल कामी २, कप्तान रोहित पौडेल १ र कुशल भुर्तेल शून्य रनमा आउट भए।

    नामिबियाका कप्तान जेरार्ड एरास्मसले ५ विकेट लिए। ८.१ ओभर बलिङ् गरेका उनले मात्र २८ रन दिएका थिए।  रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले २–२ तथा निकोल लोफ्टि–इटनले १ विकेट लिए।

    नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ (२०२३–२०२७) को सुरुवात गर्न लागेको हो। नेपालले यो त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij