काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
टियु क्रिकेट मैदानमा नेपालविरुद्ध नामिबियाले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
नेपाली टिम :
रोहित पौडेल (कप्तान)
आसिफ शेख
कुशल भुर्तेल
गुल्सन झा
अनिलकुमार शाह
कुशल मल्ल
भीम सार्की
सोमपाल कामी
करण केसी
पवन सर्राफ
ललित राजवंशी