२०८३, कार्तिक २ गते

एसीसी वुमन्स प्रिमियर कप: कुवेतलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

एसीसी वुमन्स प्रिमियर कप: कुवेतलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

बुधवार, फाल्गुण २ २०८०
बुधवार, फाल्गुण २ २०८०
  • एसीसी वुमन्स प्रिमियर कप: कुवेतलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

    काठमाडौं। मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतमाथि ८ विकेटको जित हात पारेको छ। यो जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

    वर्षाले प्रभावित खेलमा जितका लागि पाएको ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। नेपाललाई जिताउन कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाइन्। सीता राना मगर १७ रनमा आउट भइन्।

    यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको थियो। तर बीचमा वर्षाले खेल रोकिएपछि नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने लक्ष्य पाएको थियो। जुन नेपालले सहजै भेट्टायो।

    कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना मगरले ह्याट्रिक विकेट लिइन्। उनले १३ ‌औं ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरामा पारिन्।

    तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गरिन्। चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन्। यस्तै रुबिना क्षेत्री र कविता कुँवरले समान २ विकेट लिए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij