काठमाडौं। तीन जना पूर्व राष्ट्रिय क्रिकेटरले आईसीसी लेभल टू कोचिङ कोर्स उत्तिर्ण गरेका छन्। पूर्व कप्तान ज्ञानेन्द्र मल्ल सहित शक्ति गौचन र रिजन प्रजुले आईसीसीको लेभल टू कोचिङ कोर्स पुरा गरेका हुन्।
सिंगापुरमा भएको आईसीसीको कोचिङ कोर्स तीन पूर्व राष्ट्रिय क्रिकेटरले पार गरेका हुन्। नेपाल क्रिकेट संघ क्यानका अनुसार पूर्व कप्तान ज्ञानेन्द्रले सहभागी मध्य शीर्ष स्थानमा रहेर कोर्स उत्तिर्ण गरेका हुन्।
आईसीसीको कोर्स पुरा गरे लगत्तै तीन जना पूर्व क्रिकेटरले कोचिङ करियरमा आफुलाई ब्यवसायीक रुपमा अघि लैजान बाटो खुलेको छ। तीनै जना पूर्व क्रिकेटरले एकेडेमी र प्रदेशको टिमलाई प्रशिक्षण भने दिदै आएका थिए।
कोर्स पुरा गरेसँगै उनीहरुले आईसीसीको कोचिङ भुमिकामा अवसर पाउने बाटो खुलेको छ।