२०८३, कार्तिक २ गते

रुबिनाको ऐतिहासिक शतक: नेपाल एसीसी वुमन्स प्रिमियर कपको क्वार्टरफाइनलमा

रुबिनाको ऐतिहासिक शतक: नेपाल एसीसी वुमन्स प्रिमियर कपको क्वार्टरफाइनलमा

मंगलवार, फाल्गुण १ २०८०
मंगलवार, फाल्गुण १ २०८०
  • रुबिनाको ऐतिहासिक शतक:  नेपाल एसीसी वुमन्स प्रिमियर कपको क्वार्टरफाइनलमा

    काठमाडौं। कीर्तिमानी जित सहित नेपाल एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

    मंगलबार माल्दिभ्समाथि २ सय १४ रनको कीर्तिमानी जित निकाल्दै नेपालको महिला टिमले अन्तिम ८ मा स्थान बनाएको हो। 

    रुबिना क्षेत्रीको १ सय १८ रनको सतकीय इनिङ्समा नेपालले ४ विकेटको क्षतीमा २ सय २७ रन बनाएको थियो। महिला टी ट्वान्टी क्रिकेटको इतिहासमा रुबिनाले पहिलो शतक बनाउँदा पुजा महतोले ५९ रनको शानदार इनिङ्स खेलेकी थिईन। सिता राना मगरले १५ र कबिता कुँवरले १३ रन बनाएकी थिईन्। 

    जवाफी ब्याटिङमा उत्रिएको माल्दिभ्स १३ दशमलव ५ ओभरमा १३ रनमा समेटियो। नेपालका लागि अश्मिना कर्मचार्यले ४ विकेट र पुजा महतो र रुबिना क्षेत्रीले समान ३ विकेट लिएपछि नेपालले माल्दिभ्समाथि ऐतिहासिक जित निकालेको हो। 

    नेपालले समूह चरणका तीन वटै खेलमा जित निकाल्दै समूह विजेता बनेर क्वार्टरफाइनल प्रवेश गरेको हो। नेपालले समूह चरणमा माल्दिभ्स सहित भुटान र माल्दिभ्सलाई हराएको थियो। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij