२०८३, कार्तिक २ गते

पिएम कपमा १५ विकेट लिएका रिजन ढकालसहित हेमन्त र आकाश राष्ट्रिय टिममा

पिएम कपमा १५ विकेट लिएका रिजन ढकालसहित हेमन्त र आकाश राष्ट्रिय टिममा

सोमवार, माघ २२ २०८०
सोमवार, माघ २२ २०८०
  • पिएम कपमा १५ विकेट लिएका रिजन ढकालसहित हेमन्त र आकाश राष्ट्रिय टिममा

    काठमाडौं। नेपालले घरेलु मैदानमा क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि नेपालको टोली घोषणा गरेको छ।

    बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल दुबै सिरिजमा टोलीमा परेका छन्। रिजनले बागमती प्रदेशबाट खेल्दै प्रधानमन्त्री कप २०२४ मा ९ खेलमा १५ विकेट लिएका थिए। तीव्र गतिका बलर हेमन्त धामी र आकाश चन्द क्यानडासँगको सिरिजका लागि नेपाली टोलीमा परेका छन्।

    रिजन, आकाश र हेमन्त पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका हुन्। क्यानडासँगको सिरिज ८ देखि १२ फेब्रुअरीमा हुनेछ। लिग २ मा नेपालले १५ फेब्रुअरी देखि २४ सम्म खेल्नेछ।

    क्यानडासँग खेल्ने नेपाली टोली:

    रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिल कुमार शाह।

    लिग २ खेल्ने नेपाली टोली:

    रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र ऐरी, गुलशन झा, सोमपाल कामी, करन केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij