२०८३, आश्विन २७ गते

एनआरएनए पोर्चुगलद्वारा आगलागी पीडित नेपालीलाई राहत वितरण

एनआरएनए पोर्चुगलद्वारा आगलागी पीडित नेपालीलाई राहत वितरण

बिहिवार, श्रावण २३ २०८२
बिहिवार, श्रावण २३ २०८२
  • एनआरएनए पोर्चुगलद्वारा आगलागी पीडित नेपालीलाई राहत वितरण

    दीपक भण्डारी, पोर्चुगल |  नेपालीहरूको हक, हित र सहायताका लागि क्रियाशील गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले हालै आगलागीबाट पीडित भएका नेपाली नागरिकहरूलाई राहत वितरण गरेको छ।

    एनआरएनए पोर्चुगलका अध्यक्ष दीपा काफ्लेको नेतृत्वमा राहत टोलीले पोर्चुगलको बेजा जिल्ला अन्तर्गत ओदिमिरा नगरपालिकास्थित ‘फातका’ क्षेत्रमा कार्यरत ‘बिफ्रुट’ कम्पनीका १६ जना नेपाली कामदारहरूलाई राहत प्रदान गरेको हो। केही दिन अघि सो क्षेत्रमा भएको भीषण आगलागीका कारण नेपाली कामदारहरू बासविहीन र सामग्रीविहीन बनेका थिए।

    राहत वितरण कार्यक्रममा एनआरएनए पोर्चुगल राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय सचिव तिलक गैरे, आइसीसी सदस्य राजकुमार गुरुङ, उपाध्यक्षहरू निर्पेश गिरी र सुदन निउरे, महासचिव गोविन्द बुढाथोकी, सदस्यहरू विनोद के.सी., हरि देवकोटा लगायतको उपस्थिति रहेको थियो।

    गुल्मीका लोकु सेन, जो स्वयं पनि आगलागीबाट प्रभावितमध्ये एक हुन्, भन्छन्, “राहत पाएपछि यता पनि हाम्रा नेपाली अभिभावक छन् भन्ने आभास भयो। यस्तो बेलामा साथ पाउँदा हामीलाई ठूलो मनोबल मिलेको छ।”

    राहत सामग्रीमा दैनिक आवश्यक उपभोग्य वस्तुहरू, लत्ता कपडा र आपतकालीन प्रयोग हुने सामग्रीहरू समावेश गरिएको एनआरएनए पोर्चुगलले जनाएको छ।

    एनआरएनए पोर्चुगलले भविष्यमा पनि आपतकालीन अवस्थामा नेपाली समुदायलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

    bcb52195-3e53-4943-b094-b855b484b3b0.jpeg42e9cfb0-6db2-4572-8845-5291439df18c.jpeg6b1e99d2-de32-48ff-b368-5679c55a099b.jpeg6d3c8acb-6272-4329-bb9c-6e69d2ff888e.jpeg
    bcb52195-3e53-4943-b094-b855b484b3b0.jpeg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij