काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्रीले विश्वसको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेशसभाको बैठक बोलाएको प्रदेश सभा सचिव वेदबहादुर बोगटीले जानकारी दिए।
नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाह साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ।
मुख्यमन्त्री शाहको पक्षमा अहिले प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका सात सांसद छन्।