२०८३, आश्विन २७ गते

पत्रकार महासंघको निर्वाचनका सम्बन्धमा प्रेस युनियनले गरेको महत्वपुर्ण निर्णय के हो?

पत्रकार महासंघको निर्वाचनका सम्बन्धमा प्रेस युनियनले गरेको महत्वपुर्ण निर्णय के हो?

आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • पत्रकार महासंघको निर्वाचनका सम्बन्धमा प्रेस युनियनले गरेको महत्वपुर्ण निर्णय के हो?

    काठमाडौं। नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न आग्रह गरेको छ। धुलीखेलमा सम्पन्न युनियनको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महासंघको निर्वाचनमा देखिएको ढिलाइप्रति गम्भीर चासो व्यक्त गर्दै निर्वाचन सुनिश्चित गर्न आग्रह गरेको हो। 

    बैठकपछ महासचिव दिपीप पौडेलले विज्ञप्ति जारी गर्दै सदस्यतासम्बन्धी विवाद टुंग्याएर निर्वाचनमा देखिएको अन्योल हटाई महासंघको निर्वाचन सुनिश्चित गर्न युनियनले आग्रह गरेको जानकारी दिए।

    साथै बैठकले क्रियाशील पत्रकार तथा पत्रकारसम्बद्ध संस्थालाई समेटेर महासंघको निर्वाचनमा नेतृत्वदायी भूमिका लिएर अघि बढ्ने निर्णय गरेको छ। यस्तै युनियनले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन र कानुनमा भएको व्यवस्थाअनुसार तलब सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय गरेको छ।  

    पत्रकार र पत्रकारिता क्षेत्रका समस्या पहिचान गरी समाधानका लागि पहल गर्न नयाँ पत्रकारसँग प्रेस युनियन अभियान सञ्चालन गर्ने यनियनले निर्णय गरेको छ। प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरण मूल्यांकन न्यायोचित नभएको र विभेदपूर्ण रहेको युनियनको ठहर छ।

    राज्यले संरक्षण गर्नुपर्ने दायित्व रहेकोमा पत्रिकाको वर्गीकरण गर्दा ‘वर्ग’ घटाएर सार्वजनिक गरेको नतिजाका त्रुटि सच्याई आवश्यक प्रक्रिया पु¥याएर न्यायोचित रूपमा पुनः नतिजा सार्वजनिक गर्न प्रेस काउन्सिल नेपाललाई हार्दिक आग्रह गर्ने युनिनयले जनाएको छ। 

    यस्तै सञ्चारमाध्यमलाई सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गर्ने युनियनको माग छ।

    अन्य निर्णयहरु यस्ता छन्।

    No description available.

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij