२०८३, आश्विन २७ गते

भारतीय विदेश सचिव काठमाडौंमा

भारतीय विदेश सचिव काठमाडौंमा

आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • भारतीय विदेश सचिव काठमाडौंमा

    काठमाडौं। भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं पुगेका छन्। उनी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका हुन्।

    मिश्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उनलाई स्वागत गरिन्। 

    परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुनेछ। 

    साथै भारतका विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भारतका विदेशसचिवको यो भ्रमण नियमित हो। उनी हालै विदेशसचिवमा नियुक्त भएका हुन्।

    भ्रमणका क्रममा विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ। उनी सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    विदेशसचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्कनेछन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij