२०८३, आश्विन २७ गते

दुई जनालाई हराउँदै अम्बिका बनिन् एमाले धनगढीको अध्यक्ष

दुई जनालाई हराउँदै अम्बिका बनिन् एमाले धनगढीको अध्यक्ष

शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • दुई जनालाई हराउँदै अम्बिका बनिन् एमाले धनगढीको अध्यक्ष

    काठमाडौं। नेकपा एमालेको धनगढी अध्यक्षमा अम्बिका विष्ट निर्वाचित भएकी छन्।

    सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा एमालले महिला नेतृत्व निर्वाचित गरेको हो । उनले दुई उम्मेदवारलाई पछि पार्दै १ सय २८ को फराकिलो मतान्तरले आफ्नो जित निकालिन्।

    विष्टसँग कमलसिंह राना र मदन रेग्मीले प्रतिष्पर्धा गरेका थिए। त्यसमध्ये रानाले ६९ र रेग्मीले ४७ मत मात्र पाए।

    उपाध्यक्षमा पर्वत चौधरी निर्वाचित भएका छन् भने सचिवमा चन्द्रप्रकाश जोशी, उप–सचिवमा सरस्वती चन्द र जनक ढकाल निर्वाचित भएका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij