२०८३, आश्विन २७ गते

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले लिए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले लिए विश्वासको मत

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले लिए विश्वासको मत

    काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका छन्।

    प्रदेश सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको नाराबाजी र बहिष्कारका बीच विश्वासको मत लिने प्रस्ताव पेस भएको थियो।

    प्रदेश सभा बैठक सुरु भए लगत्तै उनीहरूले वेल घेराउ गरेर नाराबाजी गरे। कांग्रेस र नाउपा सांसदहरूको नाराबाजीका बीच सभामुखले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रस्ताव टेबल गर्न अनुमति दिए। लगत्तै सभामुख भण्डारीले मत विभाजन प्रक्रिया सुरु गरे।

    त्यसपछि कांग्रेस र नाउपा रेशम पक्षका प्रदेश सांसदहरू बैठक कक्ष छाडेर बाहिर गए। सत्ता पक्षका सांसदहरू मात्र बाँकी रहेको बैठकमा सभामुखले मतदान प्रक्रिया पूरा गराए।

    विश्वासको मत लिने प्रस्तावको पक्षमा २८ मत पर्‍यो। यससँगै मुख्यमन्त्रीले विश्वासको मत पाएको सभामुख भण्डारीले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij