२०८३, आश्विन २७ गते

सुदूरपश्चिम प्रदेश सभा बैठकमा कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले गरे नाराबाजी

सुदूरपश्चिम प्रदेश सभा बैठकमा कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले गरे नाराबाजी

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • सुदूरपश्चिम प्रदेश सभा बैठकमा कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले गरे नाराबाजी

    काठमाडौं। सुदूरपश्चिम प्रदेश सभा बैठकमा कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले विरोध गरेका छन्।

    मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेशसभाको बैठकको सुरुमै कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले विरोध गरेका हुन्। कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले विरोध जारी राखेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ। 

    दुवै दलका सांसदहरुले मुख्यमन्त्री सोडारीको नियुक्ति असंवैधानिक रहेको, नागरिक उन्मुक्ति संसदीय दलको समर्थन नरहेको भन्दै नाराबाजी गरेका छन्। उनीहरूले प्रदेश प्रमुख र सभामुखविरुद्ध पनि नाराबाजी गरेका छन्।

    नागरिक उन्मुक्तिका सात सांसदमध्ये पाँच जना विपक्षी बेन्चमा बसेका छन् भने दुई जना सत्ता पक्षको बेन्चमा बसेका थिए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij