२०८३, आश्विन २७ गते

मदन–जीवराज स्मृति दिवस आज, तस्बिरमा माल्यार्पण

मदन–जीवराज स्मृति दिवस आज, तस्बिरमा माल्यार्पण

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • मदन–जीवराज स्मृति दिवस आज, तस्बिरमा माल्यार्पण

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१औं स्मृति दिवस जनतालाई जागृत हुन उनीहरूको योगदानको स्मरण गर्दै आज मनाइँदैछ।

    एमाले र नेकपा (एकीकृत समाजवादी) ले विविध कार्यक्रम आयोजना गर्दैछन्। एमालेले आज बिहान मदन नगर, बल्खुमा मदन–आश्रित स्मृति कार्यक्रम गरेको छ। मदन नगरमा पूर्वराष्ट्रपति एवम् मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र आश्रितको तस्बिर र शालिकमा माल्यार्पण गरेका छन्।

    जननेता मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण

    विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी उहाहरूको निधन भएको थियो। जननेता भण्डारीले एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij